लुम्बिनीबाट गठबन्धनका उम्मेदवार विजयी
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
बिहीबार भएको निर्वाचनमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र नेकपा (माओवादी केन्द्र)का झक्कुप्रसाद सुवेदी विजयी भएका हुन्।
राष्ट्रिय सभा निर्वाचनमा नेकपा (एमाले)बाट झपेन्द्रबहादुर घर्ती क्षेत्री र तुलसाकुमारी केसी उम्मेदवार थिए भने राप्रपाबाट विजयालक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी उम्मेदवार थिए।