यस्ता छन् मन्त्रिपरिषद्का १९ निर्णय
गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन लगायत विषयमा उत्पन्न विवादको छानबिन गर्न सरकारले समिति गठन गरेको छ।
मन्त्रिपरिषद्को माघ ९ गते बसेको बैठकले महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको नेतृत्वमा छानबिन समिति गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। छानबिन समितिमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव (लेखा) सदस्य रहेका छन्। यो समितिलाई १५ दिनभित्र छानबिन गर्न समय दिइएको छ।
त्यस्तै, मन्त्रिपरिषद्ले धितोपत्र बजार सञ्चालन गर्ने संगठित संस्था सम्बन्धी अध्ययन गर्न पनि समिति गठन गरेको छ। नेपाल राष्ट्र ब्यांकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नेतृत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको हो।
यससँगै मन्त्रिपरिषद्ले संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। सरकारले माघ २२ गते अपराह्न ४ बजे संसद् अधिवेशनका बोलाउन सिफारिश गरेको हो।