लगानी कोषको कार्यकारी निर्देशकमा कार्की
सरकारले विभिन्न चार वटा निकायमा प्रमुख नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
मन्त्री शर्माका अनुसार बैठकले सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको महाप्रबन्धकमा किरणबाबु पुन, गंगलाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्देशकमा रवि मल्ल र नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको छ।