भीड नियन्त्रणका लागि घातक हतियार प्रयोगमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता
प्रहरीले भीड नियन्त्रणका लागि घातक हतियार तथा मेटल बुलेटको प्रयोग गरेको भन्दै त्यसमा रोक लगाउन माग गरेर सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
नेपालमा शान्तिपूर्ण जनप्रदर्शनमा पनि मेटल बुलेट लगायत घातक हतियारको व्यापक प्रयोग भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दर्ता गरेका हुन्। पुस २९ मा दायर गरेको रिट बुधबार दर्ता भएको त्रिपाठीले बताए। उनका अनुसार रिटको सुनुवाई माघ ४ गतेका लागि तोकिएको छ।
“प्रहरीले भीड नियन्त्रणका लागि प्रयोग गर्ने मेटल बुलेट लगायत प्राणघातक हतियारको प्रयोगले ठूलो संख्यामा निर्दोष नागरिकले ज्यान गुमाएका छन्,” त्रिपाठीले रिटमा भनेका छन्, “भीड नियन्त्रणका लागि अत्यधिक बल प्रयोग एव हिंसात्मक साधनको प्रयोगलाइ वर्जित गरिपाऊँ।”
प्रहरीले अत्यधिक बल प्रयोग गर्दा पछिल्लो पटक ललितपुरको बालकुमारीमा दुई जना र सर्लाहीको बरहथवामा एक जनाको ज्यान गएको थियो।
यो पनि पढ्नुहोस्: कस्तो साधनले काम गरिरहेछ प्रहरी?