ग्लोबल आइएमईका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छूट
ग्लोबल आइएमई ब्यांंक लिमिटेडको क्रेडिट कार्डबाट भुक्तानी गर्दा बिगमार्टमा १० प्रतिशत छूट पाइने भएको छ।
क्रेडिट कार्ड वाहकलाई लाभान्वित गर्ने गरी ब्यांकले बिगमार्टसँगको सहकार्यमा यो योजना ल्याएको हो। क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्म छूट पाइनेछ। यो योजना माघ महीनाभरि लागू हुनेछ।
जाडो मौसमलाई लक्षित गरी ल्याइएको बिगमार्ट विन्टर अफरमा ग्लोबल आइएमई ब्यांकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छूटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कार प्रदान गरिनेछ। यो अफर हाल बिगमार्टका ८१ वटा स्टोरमा उपलब्ध छ।