विद्यार्थीहरूले बनाएको भूकम्प प्रतिरोधी नमूना
आज माघ २ गते विभिन्न कार्यक्रम आयोजना गरी २६औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ।
भक्तपुरको दत्तात्रेय मन्दिर परिसरमा आज सोही अवसरमा विद्यार्थीहरूले भूकम्प प्रतिरोधी नमूनाहरू प्रदर्शन गरेका छन्।
ठ्याक्कै ९० वर्षअघि आजकै दिन १९९० माघ २ गते नेपालमा ठूलो भूकम्प आएको थियो। ८.३ रेक्टर स्केलको उक्त भूकम्पमा परी आठ हजार ५०० जनाको ज्यान गएको थियो। उक्त भूकम्पका कारण काठमाडौं उपत्यकामा मात्रै ७० प्रतिशत घर भत्किएका थिए। सोही घटनाको स्मरणमा हरेक माघ २ गते ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस’ मनाइन्छ।

.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)