पेट्रोल, डिजल र मट्टीतेलको भाउ एक रुपैयाँले घट्यो
नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको छ।
इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरीद मूल्य अनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २६ पैसा र डिजल प्रतिलिटर ८३ पैसाले घटेर आएको छ। भारतबाट घटेर आएपछि निगम सञ्चालक समितिले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको हो।
निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जका लागि पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ ५० पैसा, डिजल र मट्टीतेल १४३ रुपैयाँ ५० पैसा कायम भएको छ।
साथै, सुर्खेत र दाङका लागि पेट्रोल प्रतिलिटर १६५, डिजल र मट्टीतेल प्रतिलिटर १५५ कायम गरिएको छ। काठमाडौं, पोखरा र दिपायलका लागि पेट्रोल प्रतिलिटर १६६ रुपैयाँ, डिजल र मट्टीतेल १५६ रुपैयाँ कायम भएको छ।