नेपालमा एथरको सर्भिस सेन्टर सञ्चालन
नेपालमा एथर इलेक्ट्रिक स्कुटरको पहिलो सर्भिस सेन्टर स्थापना भएको छ।
एथर स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता वैद्यज इनर्जीले काठमाडौंको तीनकुनेमा पहिलो सर्भिस सेन्टर सञ्चालन गरेको हो। ग्राहकको सुविधालाई ध्यानमा राखेर स्पेयर पार्टस् तथा सर्भिस सुविधासहितको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन गरिएको कम्पनीले जनाएको छ।
सर्भिस सेन्टरमा फास्ट चार्जिङ, कस्टमर लाउन्ज, वासिङ एरिया जस्ता सुविधा रहेको वैद्यज् इनर्जीका प्रबन्ध निर्देशक सूर्यांश वैद्यले बताए। “स्कुटर बेच्नुभन्दा पनि ग्राहकलाई बिक्रीपछिको सेवा दिनु प्रमुख कुरा हो,” प्रबन्ध निर्देशक वैद्यले भने, “हाम्रा ग्राहकलाई पार्टस् तथा सर्भिसका लागि कुनै समस्या नहोस् भनेर सर्भिस सेन्टर सञ्चालनमा ल्याएका हौं।”
काठमाडौं उपत्यकाका बिभिन्न १० स्थानमा फास्ट चार्जर राख्ने तयारी भइरहेको उनले बताए। त्यस्तै, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सबै शाखामा पनि चार्जर राख्ने कार्य अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ।