बाँदर कसरी व्यवस्थापन गर्ने भनेर भारतीय राजदूतलाई चिठी लेखेको छु : आरजु राणा
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले बाँदर व्यवस्थापन कसरी गर्ने भनेर भारतीय राजदूतलाई पत्र पठाएको बताएकी छन्।
समितिको बिहीबार बसेको बैठकमा बोल्दै सभापति राणाले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई पत्र पठाएको जानकारी दिएकी हुन्। बैठकमा उनले भनिन्, “किसानको बाली नष्ट गर्ने बाँदरलाई कसरी व्यवस्थापन गर्ने भनेर मित्रराष्ट्र भारतका राजदूतलाई चिठी लेखेकी थिएँ, उहाँले रेस्पोन्स गर्नुभएको छ।”
बाँदर व्यवस्थापन सम्बन्धी तालीमका लागि भेटेरिनरी डाक्टर, बायोल्याब स्काउटहरूलाई दुई-तीन महीनाभित्र भारतको हिमाञ्चल प्रदेश पठाइने पनि राणाले जानकारी दिइन्।
यो पनि पढ्नुहोस् : किन बुझ्ने बाँदर?