‘हामीले नेपालमा बनाएको एन्टिबडी हार्वर्ड, क्याम्ब्रिजमा अनुसन्धानमा प्रयोग हुन्छ’
‘हामीले अहिले शिखर सिफिक्स भन्ने कभर स्लिप बनाएका छौं जसलाई सेल कल्चर ल्याबहरूमा अनुसन्धानका लागि प्रयोग गरिन्छ। यो कभर स्लीप स्वीट्जरल्यान्ड, अमेरिका, यूके, जापान, चीन, भारत र सिंगापुर जस्ता देशमा प्रयोग भएको छ।’
‘हामीले नेपालमा बनाएको एन्टिबडी हार्वर्ड, क्याम्ब्रिजमा अनुसन्धानमा प्रयोग हुन्छ : सुनीता घिमिरे गौतम’
मोलिक्यूलर बायोलोजिस्ट सामान्य परिवारमा जन्मिएकी बाग्लुङकी सुनीता घिमिरे गौतमले जापानको सबैभन्दा ठूलो र प्रतिष्ठित अनुसन्धान संस्था न्याशनल रिसर्च एन्ड डेभलपमेन्ट एजेन्सी (रिकेन)मा काम गर्ने अवसर पाइन्। रिकेनमा आफ्ना ११ वर्ष बिताइन्, मोलिक्यूलर बायोटेक्नोलोजीमा पीएचडी सकिन् र रिकेनको ब्रेन साइन्स इन्स्टिच्यूटबाट पोस्टडक्टरल रिसर्च गरिन्। सन् २०२० मा रसायनशास्त्रतर्फ नोबल पुरस्कार विजेता इमानुएल चार्पेन्टिअर र जेनिफर ए डउडनाले विकास गरेको प्रविधि ‘क्रिस्पर/क्यास-९’ मा पनि काम गरेको अनुभव उनीसँग छ। सन् २०१८ मा नेपाल फर्किएकी सुनीता अहिले एन्टिबडी निर्माता कम्पनी शिखर बायोटेकको रिसर्च एन्ड डेभलपमेन्ट विभागमा प्रबन्धक पदमा कार्यरत छिन्। उनले केही साथीसँग मिलेर नेपालमै पहिलो पटक स्वास्थ्य परीक्षण किटहरू बनाउने नोभला बायोटेक कम्पनी पनि स्थापना गरेकी छन्। उनै मोलिक्यूलर बायोलोजिस्ट गौतमसँग गरिएको कुराकानीको सम्पादित अंश :
अन्तर्वार्ताः सागर बुढाथोकी
भिडियोः गोपेन राई
अडियोः सोमित अधिकारी
सम्पादनः परीक्षित शाही
पूरा स्क्रिप्ट : https://www.himalkhabar.com/news/139591