ग्लोबल आइएमईको क्यासब्याक अफर
ग्लोबल आइएमई ब्यांक लिमिटेडले ग्लोबल रेमिट मार्फत विदेशबाट पैसा पठाउँदा क्यासब्याक दिने योजना ल्याएको छ।
यस योजना अन्तर्गत ग्लोबल रेमिट मार्फत विदेशबाट ग्लोबल आइएमई ब्यांकमा रहेको खातामा पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइनेछ।
यस अन्तर्गत २५ हजार रुपैयाँसम्म पैसा पठाउँदा १०० रुपैयाँ, ५० हजार रुपैयाँसम्म पैसा पठाउँदा २०० रुपैयाँ र ५० हजार रुपैयाँभन्दा बढी पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक पाइने भएको छ।
यो योजना माघ १७ गतेसम्म लागू हुने ब्यांकले जनाएको छ।