विपिनलाई किन बिर्सेको सरकार? (तस्वीरहरू)
हमासको कब्जामा रहेका विपिन जोशीलाई सरकारले बिर्सेको भन्दै आइतबार लगनखेलमा प्रदर्शन गरिएको छ।
विपिनको जन्मदिनमा आफन्त र साथीभाइले प्रदर्शन गरेर सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले विपिनको रिहाइका लागि पहल गर्न आग्रह गरेका छन्।
गत असोज २० गते हमासले इजरायलमा आक्रमण गरी २०० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको थियो। उनीहरूमध्ये केहीलाई रिहा गरेको छ भने विपिन लगायत थुप्रै व्यक्ति अझै हमासको कब्जामा छन्।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत उनी सहितका ४९ विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए। हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। विपिनलाई भने हमासले नियन्त्रणमा लिएको थियो।