त्रिविका उपकुलपतिका लागि दरखास्त आह्वान
त्रिभुवन विश्वविद्यालयमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न लागिएको छ।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिश गर्न गठित छनोट तथा सिफारिश समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन माग गरेको छ। सिफारिश समितिले योग्यता र अनुभवका आधारमा उपकुलपति चयन गर्ने प्रक्रिया शुरू गरेको हो।
आज प्रकाशित सूचना अनुसार यसका लागि स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यता भई विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्ने उल्लेख छ।
आवेदकले विश्वविद्यालय सुधारका लागि सोचपत्र तथा चारवर्षे व्यावसायिक कार्ययोजना समेत प्रस्तुत गर्नुपर्नेछ। शैक्षिक गुणस्तर सुधारका लागि वार्षिक ‘क्यालेन्डर’ लागू गर्न र विश्वविद्यालयको प्राज्ञिक वातावरण निर्माण गर्न सबै कार्ययोजना माग गरिएको जनाएको छ।