प्रधानमन्त्रीको सल्लाहकारबाट राजीनामा दिएका गजुरेलका तीन असन्तुष्टि
प्रधानमन्त्री पुष्पकमल दाहालको मुख्य सल्लाहकारबाट राजीनामा दिएका हरिबोल गजुरेलले तीन वटा विषयमा असन्तुष्टि जनाएका छन्।
नेकपा (माओवादी केन्द्र)का नेता समेत रहेका सल्लाहकार गजुरेलले गत मंसीर २० गते बुझाएको राजीनामा हालै स्वीकृत भएको छ। राजीनामापत्रमा उनले सरकारले भ्रष्टाचार विरोधी संघर्षलाई तार्किक निष्कर्षमा पुर्याउन सक्दैन कि भन्ने आशंका व्यक्त गरेका छन्।
आफ्नो पार्टीका नेताहरूको सन्दर्भमा माओवादीले के गर्छ भन्ने जनताको शंकालाई निराकरण गर्न नसकेकोमा गजुरेलको चिन्ता देखिन्छ। वर्तमान अवस्थामा जनअपेक्षा पूरा गर्ने वातावरण नभएको निष्कर्ष सहित राजीनामा दिएको उनले उल्लेख गरेका छन्।