मलाई आऊ, देश बचाऊ भनेको सुन्छु : पूर्व राजा
पूर्व राजा ज्ञानेन्द्र शाहले भैरहवा पुगेर भाषण गरेका छन्।
भैरहवामा बिहीबार आयोजित अभिनन्दन कार्यक्रममा मन्तव्य राख्दै पूर्व राजा शाहले भने, “म जता जाऊँ, जहाँ पुगूँ, जनआवाज उठेको सुन्छु। मलाई आऊ, हाम्रो देश बनाऊ र देश बचाऊ भनेको सुन्छु।”
उनले नाम नलिई राजनीतिक दलका नेताहरूको आलोचना गर्न भ्याए। पूर्व राजा शाहले भने, “अनुहार फेरी फेरी षड्यन्त्र नगर।”
राष्ट्रको अस्तित्वमाथि खिया लाग्दै गएको उनको टिप्पणी थियो। आफू नेपालीकै बीचमा रहेको र बोलिरहेको उनले बताए।
कार्यक्रममा शाहले भने, “म बोलिरहेको छु, देश बचोस्, देश बनोस् भन्ने पुर्ख्यौली भावना पोखिरहेको छु।”