काठमाडौंमा भूकम्पको धक्का महसूस
काठमाडौं लगायत आसपासको क्षेत्रमा बिहीबार बिहान भूकम्पको धक्का महसूस भएको छ।
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहीबार बिहान १०:१७ बजे ४.७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तीनकुण्ड नजिक केन्द्रबिन्दु भई भूकम्प गएको हो।
सिन्धुपाल्चोकसँगै काठमाडौं, भक्तपुर, ललितपुर र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसूस भएको छ। अहिलेसम्म क्षतिको विषयमा कुनै जानकारी नआएको नेपाल प्रहरीले जनाएको छ।