आजको वामपन्थबारे बहस
वामपन्थका विषयमा बहस गर्न राष्ट्रिय गोष्ठी शुरू भएको छ।
बुधबारदेखि शुरू भएको गोष्ठीमा आजको वामपन्थका विषयमा विचारविमर्श हुने जनाइएको छ। गोष्ठीको पहिलो दिन ‘आजको वामपन्थ-२’ माथि पहिलो सत्रमा भास्कर गौतम, मल्लिका शाक्य, कैलाश राई, रामरिझन यादव र जेबी विश्वकर्माले विचार राखे। उनीहरूसँग डा.सुरेश ढकालले संवाद गरेका थिए।
त्यस्तै, दोस्रो सत्रमा डा.महेश मास्के र शम्भु थापासँग बिनु सुवेदीले संवाद गरेकी थिइन्। यस्तै, तेस्रो सत्रमा नेकपा (एमाले) नेता पृथ्वीसुब्बा गुरुङ, नेकपा (माओवादी) नेता वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)का नेता घनश्याम भुसाल र वैज्ञानिक समाजवादीकी नेता धनकुमारी सुनारले आफ्नो विचार राखेका थिए।
गत वर्ष गरिएको बहस कार्यक्रमकै निरन्तरताका रूपमा गोष्ठी आयोजना गरिएको नेपाल अध्ययन केन्द्रकी उषाकिरण तिम्सेनाले बताइन्। यो गोष्ठी बिहीबारसम्म चल्नेछ।