उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त
न्याय परिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ।
परिषद्को बुधबार बसेको बैठकले उच्च अदालतका न्यायाधीश नियुक्त गरेको हो। जसमा जिल्ला अदालतमा कार्यरतमध्येबाट २६ जना, न्याय सेवाका कर्मचारीबाट चार जना र कानून व्यवसायीबाट नौ जना चयन भएका छन्।
न्याय परिषद्ले नियुक्त गरेका न्यायाधीशलाई प्रधानन्यायाधीशले शपथ गराउने व्यवस्था छ।
यससँगै न्याय परिषद्को बैठकले उच्च अदालतका २६ जना न्यायाधीशको सरुवा पनि गरेको छ।