हुन्डाईका गाडीमा पाँच लाखसम्म छूट योजना
लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ अंग्रेजी वर्ष शुरू भएको अवसरमा ‘हुन्डाई न्यू ईअर डिलाइट २०२४’ योजना सार्वजनिक गरेको छ।
यही पुस १६ गतेदेखि देशभरका शोरूममा शुरू भएको योजनामा हुन्डाइका गाडी खरीदमा नगद छूटको व्यवस्था गरिएको छ। यस योजना अन्तर्गत पाँच लाख रुपैयाँसम्म छूट पाउन सकिनेछ।
त्यस्तै, विद्युतीय गाडीको खरीद गर्दा प्रोत्साहनस्वरूप ५० हजार रुपैयाँसम्म ‘ग्रो-ग्रीन बोनस’ सँगै गाडीको मोडल ईअरका आधारमा पाँच लाख रुपैयाँसम्म छूट मिल्ने कम्पनीले जनाएको छ।
त्यस्तै, गाडी खरीद गर्दा एक वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करको व्यवस्था गरिएको छ। यसमा तुरुन्तै मूल्यांकन र एक्सचेन्जको सुविधा पनि राखिएको छ।
हुन्डाईको आईसीई गाडीमा तीन वर्ष वारेन्टी, ६ वर्षको फ्री सर्भिसिङ र ईभी गाडीको ब्याट्रीमा आठ वर्ष र मोटरमा दुई वर्षको वारेन्टीको व्यवस्था गरिएको छ।