माइतीघरबाट सीके राउत सहित ५१ जना पक्राउ
काठमाडौंको माइतीघर मण्डलबाट जनमत पार्टीका अध्यक्ष सीके राउत सहित ५१ जना पक्राउ परेका छन्।
सोमबार माइतीघर मण्डलमा धोती दिवस मनाउन भेला भएका वेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताए।
माइतीघरबाट पक्राउ परेका राउत सहित ५१ जनालाई भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा राखिएको छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मंसीर ४ गतेबाट दुई महीनाका लागि माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो। यस क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भएर प्रदर्शन, जुलूस, सभा, धर्ना, प्रदर्शन लगायत कार्यक्रम गर्न रोक लगाएको छ।
निषेधित क्षेत्र घोषणा विरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। त्यसमाथि गत मंसीर ८ मा सुनुवाइ गर्दै सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।