तस्वीरमा तमु ल्होसार
तमु अर्थात गुरुङ समुदायले आज तमु ल्होसार पर्व धुमधामसँग मनाएका छन्।
आजकै दिन गुरुङ समुदायको नयाँ सम्वत् पनि शुरू हुन्छ। तमुहरूका प्रथम महापुरुषको उत्पत्ति पनि तमु ल्होसरकै दिन भएको मान्तयता छ।
यो पर्वका अवसरमा नाताकुटुम्बलाई बोलाएर भोज खुवाउने गरिन्छ। राति नयाँ वर्षको शुरूआतका रुपमा नाचगान गर्ने प्रचलन छ।
यस अवसरमा शनिबार काठमाडौंको वसन्तपुर दरबार क्षेत्रदेखि टुँडिखेलसम्म झाँकी ¥याली निकालिएको छ। टुँडिखेलमा विविध कार्यक्रम आयोजना गरिएको छ।