सशस्त्र प्रहरी क्लब पीएम कपको फाइनलमा प्रवेश
सशस्त्र प्रहरी बलको एपीएफ क्लब प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो। एपीएफका बलरले कसिलो बलिङ गरेपछि कोशी प्रदेश सस्तैमै समेटिएको हो।
एपीएफले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा कोशी प्रदेश ८७ रनमै समेटियो। कोशीका लागि अस्परी बेगमले ३२, रुविना क्षेत्रीले २२, लकिता राजवंशीले १४, विमला महराले ६ र काजल श्रेष्ठले चार रन बनाइन्।
त्यस्तै, एपीएफका लागि रेखा रावल, सोनु खड्का, सुमन विष्ट र सीता राना मगरले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको एपीएफले दुई विकेटको क्षतिमा १३९ रन बनाएको थियो। एपीएफका लागि कप्तान इन्दु बर्माले अर्धशतक प्रहार गरिन्। उनले ५० बलमा तीन चौक र एक छक्काको मद्धतले ५६ रन बनाइन्।
त्यस्तै, सीता राना मगरले ४५, रोमा थापाले १८ र ज्योती पाण्डेले १२ रन बनाइन्। कोशीका लागि रुविना क्षेत्रले एक विकेट लिएकी थिइन्।