ग्लोबल आइएमई ब्यांकको वार्षिकोत्सवमा प्रभावतफेरि
ग्लोबल आइएमई ब्यांंक लिमिटेडले १७औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा प्रभातफेरि निकालेको छ।
वित्तीय साक्षरता तथा ब्यांकिङ सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ब्यांंकले सातै प्रदेशका मुख्य शहरमा प्रभातफेरि निकालेको हो। पुस १७ मा ग्लोबल आइएमई ब्यांक १७औं वर्षमा प्रवेश गर्दै छ।
काठमाडौँमा आयोजित प्रभात फेरिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई ब्यांकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ब्यांक सञ्चालक समिति सदस्यहरू, ब्यांकका उच्च व्यवस्थापन कर्मचारीको उपस्थित रहेको थियो।
वित्तीय साक्षरता तथा ब्यांंकिङ शिक्षामूलक प्लेकार्ड तथा व्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीले काठमाडौंको कान्तिपथस्थित शाखा कार्यालयबाट हिँड्दै शहरका मुख्य भागको परिक्रमा गरेका थिए। काठमाडौं उपत्यका बाहिर मुख्य शहर परिक्रमा गरिएको थियो।