ललितपुरले जित्यो नेपाल सुपर लिगकाे उपाधि
धनगढीलाई पराजित गर्दै नेपाल सुपर लिगको उपाधि ललितपुर सिटी एफसीले जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिबार सम्पन्न फाइनलमा ललितपुरले धनगढी एफसीलाई ३–२ गोल अन्तरले हराएकाे हाे।
खेलमा शुरुआती अग्रता भने धनगढीले लिएको थियो। धनगढीका लागि ३७औं मिनेटमा आफिज ओलावाले गोल गरेका थिए।
इमोह इजेकेलले गाेल गरेपछि मध्यान्तर सकिनु अघि ललितपुरले १–१ को बराबरी गरेको थियो। दिनेश हेम्जनले ५० औं मिनेटमा गोल गरेपछि ललितपुरले धनगढीलाई २–१ले पछि पार्यो। इमोहले ५८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए। खेल सकिन केही मिनेट बाँकी हुँदा धनगढीका अहमद हिजाजीले गोल गरे।
खेल हेर्न उपस्थित दर्शकले प्रहरीको गोलीबाट बालकुमारीमा मारिएका वीरेन्द्र शाह र सुजन रावतप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।