आगजनीबाट मन्त्रीको गाडी ध्वस्त (तस्वीरहरू)
कोरियाली भाषा परीक्षामा सहभागी हुन नपाएका युवाले आगजनी गर्दा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडी ध्वस्त भएको छ।
शुक्रबार नेकपा (एकीकृत समाजवादी)को बैठकमा सहभागी हुन जाँदै गरेका मन्त्री ज्वाला चढेको गाडीलाई प्रदर्शनकारीले ललितपुरको बालकुमारीमा रोकेका थिए। अनि उनीहरूले टायरको हावा निकालेका थिए।
त्यसपछि मन्त्री ज्वाला बाहिर निस्किएसँगै प्रदर्शनकारीले गाडीमा आगजनी गरेका हुन्। आगजनीबाट गाडी पूर्ण रूपमा क्षतिग्रस्त छ।
कोरियाली भाषा सिकेका युवाले भाषा परीक्षामा सहभागी नगराएको भन्दै शुक्रबार रोजगारी अनुमति प्रणाली (ईपीएस) कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। उनीहरूले बालकुमारी क्षेत्रमा प्रदर्शन पनि गरेका छन्।