गभर्नर अधिकारी विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार सुनुवाइ
नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट परेको छ।
अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले सर्वोच्चमा रिट दायर गरेका हुन्। यो रिटको सुनुवाइ शुक्रबारका लागि तोकिएको छ।
गभर्नर बन्न स्नातकोत्तर तह उत्तीर्ण गर्नुपर्ने कानूनी व्यवस्था छ। अधिकारीसँग यो शैक्षिक योग्यता नरहेको रिटमा दाबी गरिएको छ।
अधिकारी चार्टर्ड एकाउन्टेन्ट मात्र रहेको र त्यो स्नातकोत्तर सरह नभएको रिटमा जिकिर गरिएको छ। उनलाई २०७६ चैतमा गभर्नर नियुक्त गरिएको थियो।