विष्णु भण्डारीले ल्याए ‘अरुन्धतीको मृत्युु’
साहित्यकार विष्णु भण्डारीको तेह्रौं पुस्तक अरुन्धतीको मृत्युु बजारमा आएको छ।
पुस्तकमा माओवादीको सशस्त्र द्वन्द्वकालीन विषय र प्रवृत्तिमाथि लेखिएका १६ कथा संगृहीत छन्। उनले द्वन्द्वकालीन समाजको यथार्थ खोतल्ने प्रयास गरेका छन्।
चार दशकदेखि साहित्य सिर्जनामा तल्लीन भण्डारीको यो १३औं पुस्तक हो। यसअघि उनका कवितासंग्रह, खण्डकाव्य, महाकाव्य, आख्यान र गैरआख्यान गरी १२ पुस्तक प्रकाशित छन्। पहेंलो घाम र सुनको पहाड उनका अत्यधिक रुचाइएका उपन्यास हुन्।
यसलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो। १९२ पृष्ठको पुस्तकको मूल्य ३५० रुपैयाँ छ।