सहकारीबाट घूस लिएको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ
घूस लिएको आरोपमा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, पर्वतको टोलीले बुधबार दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो। उनलाई कास्कीको सहकारी रजिस्ट्रारको कार्यालय, पोखरामा सेवारत हुँदा सहकारीबाट घूस लिएको आरोप लागेको छ।
सहकारी रजिस्ट्रार रहेका वेला उनले मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने क्रममा घूस लिएको प्रहरीले जनाएको छ। उनले एक करोड पाँच लाख रुपैयाँ घूस लिएको आरोप छ।
कास्की प्रहरीको अनुरोधमा पराजुलीलाई पक्राउ गरेर कास्की पठाएको जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले बताए।