उधौलीको उल्लास
मंगलबार काठमाडौंमा परम्परागत वेशभूषामा साकेला नाच्दै किरात समुदायले उधौली पर्व मनाएको छ।
सुनुवार, लिम्बू, थामी, याक्खा तथा राई जातिले उल्लासपूर्वक उधौली मनाउने गर्छन्। खेतमा अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्दै यो पर्व मनाइन्छ।
उधौली लेकबाट बेसीतिर बसाइँ सर्ने संकेत गर्न पनि मनाइन्छ।