प्रधानमन्त्री दाहालको सम्बोधनमा के छ?
प्रधानमन्त्री पुष्पकमल दाहालले कम्पनी रजिष्ट्रारको कार्यालयलाई पूर्ण स्वचालित प्रणालीमा लगिंदै गरेको बताएका छन्।
आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। उनले यसै आर्थिक वर्षभित्र कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना प्रणालीलाई आपसमा आबद्ध गरिने पनि बताएका छन्।
“उद्योग, व्यवसाय दर्ता र नवीकरणका लागि पटक पटक एउटै कागजात विभिन्न निकायमा बुझाउनुपर्ने झन्झटिलो व्यवस्था हटाइँदै छ,” उनले भने।
प्रधानमन्त्री दाहालको सम्बोधनको पूर्ण पाठ