‘नकारात्मक र हीन भावनाले सम्भव काम पनि असम्भव भईरहेको छ’
प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा नकारात्मक र हीन भावना बढ्दै गएको बताएका छन्।
आफू प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पुगेको अवसरमा पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्दै दाहालले भने, ‘नकारात्मक र हिन भावनाले सम्भव काम पनि असम्भव भईरहेको छ।’
एकथरीले नियोजित रुपमा हिनताबोध र नकारात्मकताको डढेलो लगाउने काम गरिरहेको प्रधानमन्त्री दाहालको दाबी छ। ‘नेपाली समाजलाई चारैतीर हिनताबोध र नकारात्मकताको डढेलो लगाउँदै गरेको देखिरहेको छु’ उनले भने, ‘सकिदैन, बन्दैन, हुँदैन भन्ने नकारत्मकताले जरैदेखि समाजको सिर्जनात्मकता मरिरहेको छ।’
आफ्नो हुटहुटी अनुसार काम गर्न नसके पनि सरकार असफल भने नभएको दाहालले बताए।