विदेशमा रहेका नेपालीको मताधिकार सुरक्षित गर्न आयोगको माग
निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुरक्षित गर्न माग गरेको छ।
आयोगले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई १७औं प्रतिवेदन बुझाउँदै विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता र मताधिकारको रक्षा गर्नुपर्नेमा जोड दिएको हो।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले आयोगले समयमै आवधिक निर्वाचन सम्पन्न गरेर लोकतान्त्रिक प्रक्रियामा टेवा पुर्याएको बताएका थिए।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले गत आर्थिक वर्षमा सम्पन्न गरेका मुख्य गतिविधि र क्रियाकलापको सारांश प्रस्तुत गरेका थिए।