विवेकशील साझाको सूचनाको हक सम्बन्धी तालीम सम्पन्न
विवेकशील साझा पार्टीको संघीय प्रशिक्षण विभागले आयोजना गरेको ‘राइट टु इन्फर्मेशन’ सूचनाको हक अभ्यास सम्बन्धी तालीम सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाल प्रमुख स्रोत व्यक्ति रहेको अभिमुखीकरणमा पार्टी पदाधिकारी, अगुवा सहित तीन दर्जनभन्दा बढीको सहभागिता थियो।
सूचनाको हकलाई कार्यान्वयन गरी सुशासन कायम गर्न तालीम उपयुक्त औजार भएकाले पार्टीले ‘सूचनाको हक अभ्यास अभियान’ नै शुरू गर्न लागेको पार्टी उपाध्यक्ष एवं संघीय प्रशिक्षण विभाग प्रमुख प्रकाशचन्द्र परियारले जानकारी दिए।