सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त गरेका छन्।
संघीय संसद्को संसदीय सुनुवाइ समितिले अनुमोदन गरे लगत्तै राष्ट्रपति पौडेलले ६ जनालाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेका हुन्। संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिशमा सर्वोच्चको न्यायाधीश नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जनाएकी छन्।
सर्वोच्चको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाल नियुक्त भएका हुन्। सुवेदी, मुसलमान, पौडेल र ढुंगाना यसअघि उच्च अदालतका न्यायाधीश थिए भने पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता हुन्।
आजै बिहान बसेको संसदीय सुनुवाइ समितिको बैठकले ६ जनाकै नाम अनुमोदन गरेको थियो।