मन्त्रीले खाल्डाखुल्डीरहित भनेका सडकभरि खाल्डैखाल्डा (तस्वीरहरू)
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिले काठमाडौं उपत्यकामा खाल्डाखुल्डी नरहेको जिकिर गरे पनि मुख्य सडकमै खाल्डाखुल्डी देखिएका छन्।
मन्त्री ज्वालाले सोमबार ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसमा मन्तव्य व्यक्त गर्दै काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको दाबी गरे। खानेपानी र विद्युत्का कामले सडकमा खाल्डाखुल्डी बनेर समस्या भएपछि मन्त्रालयले तुरुन्तै मर्मत गर्ने गरेको उनको भनाइ थियो।
“काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको छ,” उनले भने। मन्त्री ज्वालाले यसो भने लगत्तै सडकमा निस्कँदा बग्रेल्ती खाल्डाखुल्डी भेटिए।
काठमाडौंका सडकका केही तस्वीर :