१९८० को सन्धि हुँदा ब्रिटिश ‘एनभ्वाय’ ले दिएको मन्तव्य
सार्वभौम मुलुकको मान्यता पाउने गरी १९८० सालमा नेपाल र ब्रिटेनबीच सन्धि भएको १०० वर्ष पुगेको छ। २१ डिसेम्बर १९२३ (१९८० पुस ६ गते शुक्रबार) मा काठमाडौंमा एक समारोह आयोजना गरेर उक्त सन्धिमा हस्ताक्षर गरिएको थियो। नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले हस्ताक्षर गरेका थिए भने बेलायतका तर्फबाट ‘एनभ्वाय’ लेफ्टिनेन्ट कर्णेल डब्लूएफटी ओकोनरले। उक्त समारोहमा दुवैले सम्बोधन समेत गरेका थिए। दुवै मन्तव्य त्यति वेलाको साप्ताहिक पत्रिका गोर्खापत्रले पुस ९ गतेको अंकमा प्रकाशन गरेको थियो। ओकोनरले दिएको मन्तव्य जस्ताको तस्तै पुनः प्रकाशन गरिएको छ।
ग्रेट बृटेन र नेपाल का बीचकोयो नया अहदमा अहिले सहिछाप पर्यो. यो मङ्गलको काममा आफ्ना सरकार को प्रतिनिधि हुनाको र याहा महाराज का साथमा काम गर्नाको इज्जत पाउनु मैले बहुतै ठुलो कुरा सम्झेकोछु. ग्रेट बृटेन रनेपालका बीचमा दस्तुर माफिकको अघिल्लो अहद १०८ वर्ष अघी सन् १८१५ को डिसम्बर महिना मा सहीपरी सन् १८१६ को मार्च महिनामा दुबै तरफ बाट मन्जूर भई निश्चित हुन गएको थियो. त्यसबेला देखी आजसम्म ब्यतीत भएको यो धेरै वर्षको अन्तरमा हाम्रा दुई मुलुकका बीचमा अच्छिन्न शान्ति रही उहिले देखी प्रारम्भ भएको दोस्ती, समय जती ब्यतीत हुँदै गयो उती झनझन एकनास सग बलियो भई जम्दै गै रहेछ.
दुइ छिमेकी राज्य हरूका बीचमा यस्तो धेरै काल पर्य्यन्त शान्ति र मित्रता रहनाले दुबै तरफलाई फाइदा अबश्य नभै रहन्न. सह्रद पारको बन्द ब्यापारको चल्तीफीर्ति बराबर यस बाट बढदै जान लाग्यो. आपस्मा राजकाज ब्यापारको सम्बन्धर मानीस हरूका बीचको मेलले स्थिर उन्नति पाउँदै जाने भयो. फेरी परस्परको शुभचिन्तना र असल समझको परंपरा पनी यसबाट खडा हुन गई त्यसमा केही बिघ्न पर्न जालाकी भन्ने जोखिम बराबर कम गराउदै झनझन् दृढ हुदै गयो.
ग्रेट बृटेनका निमित्त समय समयमा नेपालले जोजो काम गरेका छन्. त्यसको ब्यहोरा वार बयान यहा गरी रहने अभिप्राय मेरो होइन. तर दुनिया भरमा फिजिन गएको जुन विपद्बाट हालै मात्र हामी उत्तीर्ण भएकाछौं त्यस लाई यो युगका मानीस हरूले कदापि बिर्सिशक्ने होइनन् त्यसैले त्यो ठूलो लडाइको बेलामाबृटिश र उनका पङ्गक्तिमा रहेका जातिहरू माथी नेपालले कस्तो चाल गरेका थिए, तिनका निमित्त केके काम गरेका हुन्, त्यस्को छोटकरी र अपुरो तवर सग होस्ता पनी केही विशेष उच्चारण नगरी यो मौका गुम्न दिन म सक्तिन. यती सानो मुलुक् भई कन त्यस बेला नेपालले गरेको पुरुषार्थ धुम धाम को हो भनी बयान हुनू बहुतै मुनासिब छ. मुलुक्को हैसियतर जन सँख्याको परिमाण ली दाजी हेर्दा नेपालबाट भएको काम बृटिशका सहमतका कौनै राज्यको भन्दा कम देखिन आउदैन. साला खाला दशहज्जार भन्दा बढि नेपाली फौज ले शुरू सन् १९१५ देखि हिन्दुस्थानमा र हिन्दुस्थानका सेवानाहरूमा रही सन् १९१९ मा जनाब भाइसरायलाइ डिल्ली मा कबायद देखाई आफ्ना मुलुक्मा नफिरुन्जेल सम्म काम दिएका थिए. लडाई भर अघि पछि रहेका बृटिश गोर्खा २० पल्टन् को संख्या दोबर गराइएको थियो. फेरी धेरै अरू अरू दल मा पनी गोर्खाली हरू भर्ति भइ सबैठाउ आफ्नो कीर्ति राखी काम दिएकाथिए. यसरी त्यो ठुलो लडाइको बेलामा एक न एक काममा रही कम् २ लाख गोर्खाली हरूले अर्थात् नेपालका लडाकी जातका मानीस हरूको जम्मामा अन्दाजी झन्डै चार खन्ड को एक खण्डले काम दिएका हुन्.
यी अत्यन्त शूरा गोर्खाली फौजहरूले गरेका कामको बयान मैले लामो गराई रहनु पर्दैन. सारा दुनियामा गोर्खाली यत्तिका लडाका छन् भन्ने पहिचान अघीपनी थियो. अहिले पनी छदैछ. यी सबै इतिहास का पदार्थ हुन;अहिले यहा दरबारमा रहेका सबैको सम्झना भित्रकै कुरा हो. अब जसै चारै तिर फर्की म हेर्दछु. भरखर आउदा बाहीर रहेका फौजका जवान हरूको छातीमा देखेझै दर्जा दर्जाका धेरै नेपाली रैती हरूले वहुतै वहादुरीले र राम्रोगरी पाएका साना ठुला बृटिश तक्माहरू म यहा देख्दछु.
अरु किसिमको मद्दतमा पनी नेपाल ले पछाडी हटेका थिएनन्. नगद दाम, मेशिनगन, फेरी लकडी इत्यादि आफ्ना मुलुकमा हुनेचिजहरू एक पछी एक गरि चित्त फुकाई प्रसस्त सँग बराबर दिएका थिए. बास्तबमा बृटिश राजका निमित्त नेपालले गरेको मद्दत बहादूर लडाका गोर्खाली सुहाउदो भएकोछ. यी कामहरू बृटिश सरकार र बृटिश रैतिहरूले कदापि बिर्सेका छैनन्, कहिल्यै बिर्सने पनी होइनन् भनी महाराज लाई मैले निश्चय गराई रहनु पर्दैन.
त्यसो हुनाले नेपालमा ग्रेट बृटेनको प्रतिनिधि भै खुशिको मेरो कर्तब्य सम्झी तपाइका मुलुकले यसरी उच्चस्थान पाई राखेको र यस्तो राम्रो हिसाब सग आफ्नो स्वतंत्रता कायम राखी नेपाली लडाका जवान हरुले बहादुरी गरी जवामर्दि साथ हासिल गरेको सुयशका निमित्तमा महाराज तपाई लाई र गैर्ह नेपाली रैतीलाई म खुशीनामा जाहेर गर्दछु.
सुर्याञी बहादुरी अलबत बहुतै असल गुण हुन् तर अकल बुद्धि पुर्याई ठिक बाटोमा लगाइएको छैनभने सो सुर्याञी बहादुरी निरर्थमा जाने हुन्छ. बितेको त्यो बिपदको बेलामा यही बुद्धिमानी र चतुरता साथको प्रबन्ध यहा मेरा मित्र महाराज सर चन्द्रशम्सेर जस्ता बुद्धिमान्, राजनीति प्रवीण र समझदार राजकाज का प्रबन्ध कर्ता प्राइम्मिनीष्टर पाउनु नेपालको अहो भाग्य र बृटिस सरकारले पनी वाहा जस्ता सच्चा र पक्का दोस्त आफुतिर पाउनु कम भाग्य होइन. ठुलो लडाई खुल्दा यो दोस्तीको पारख बेसरी हुन गयेथ्यो. दोस्तका पुकारा को जबाब यो दोस्तिले भारी तबर संगदियो. त्यस बखत को झोक्कामा यो दोस्ती खप्नू त के झन अघी भन्दा बलियो भई निस्क्यो सभ्यताको हार गुहार गर्दा नेपाल ले आफ्नै बलियो स्वतंत्रता लाई दृढ गराई दुनिया भरका जाति हरु मध्यमा अघि देखिनै उच्च प्रसिद्धि भै राखेको शुभकीर्ति लाई बढाए. महाराज तपाईको उत्साहीर तीक्ष्ण बुद्धि साथ को यो राज्य ब्यबहारको परिणाम फल खूद तपाइकै र तपाईका मुलुकको मर्य्यादाको कारण हुन गएकोछ.
दुई सरकार का बीचमा तय नभई रहेका धेरै कुरा हरु परस्पर को मञ्जुरीले राम्रो हीसाब सग तय गर्ने यो भरखर सही परेका अहद लाई महाराज बाट भन्नु भएझैं दोस्तीको अहद भनी भन्नु मुनासिबै हो. यो अहद नेपाल को यस्तो मान मर्य्यादा र सरोकार वाला दुवै पक्षको संतोष को अबस्था जनाउने चिन्ह हुन गएकोछ भने हुन्छ. औ भित्र दिलै देखि म यो आसा गर्दछुकी धेरै धेरै बर्ष पर्य्यन्त यो अहद जुन अभिप्राय ले भएकोछ सो अभिप्राय पुरागर्दै ग्रेटबृटेन र नेपाल लाई मिलाइ राख्ने परस्परको मान भाब र मित्रताको बन्धन लाई अझ झन झन् बलियो गर्ने कारण भै रहन जानेछ.
यो पनि पढ्नुहोस्: