निषेधित क्षेत्रको विरोध गर्दा २८ जना पक्राउ
प्रहरीले शुक्रबार काठमाडौंमा निषेधित क्षेत्र घोषणाको विरोध गर्ने २८ जनालाई पक्राउ गरेको छ।
नागरिक आन्दोलनको अगुवाइमा शुक्रबार अपराह्न भद्रकालीबाट प्रदर्शन शुरू भएको थियो। भद्रकालीबाट माइतीघर मण्डलतिर जाँदै गर्दा २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल आदिवासी जनजाति महासंघका पूर्व उपाध्यक्ष गोविन्द छन्त्यालले बताए।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। यो क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन निषेध गरेको थियो।
लोकतन्त्रमा निषेधित क्षेत्र नहुने जनाउँदै नागरिक अगुवाले प्रदर्शन गरेका हुन्। उनीहरूले निषेधित क्षेत्र घोषणा गर्ने आदेश फिर्ता लिनुपर्ने माग गरेका छन्।
पक्राउ पर्नेहरू
१ मनिषा साह (आरती साहकी बैनी)
२ निर्मला देवी साह (आरतीकी आमा)
३ विनोदप्रसाद साह (आरतीका बुबा)
४ प्रेम साह (आरतीका दाई)
५ सिता माझी
६ मुना केसी
७ गोबिन्द छन्त्याल
८ अभिषेक भुल
९ निर्ग नविन
१० नविन तिवारी
११ हरिशंकर दुवे
१२ बसन्त रंजितकार
१३ शक्ति वंसकार
१४ शिशिर उप्रेती
१५ सन्जिव उप्रेती
१६ अभय श्रेष्ठ
१७ बोधकुमारी गिरि
१८ प्रकाश रैदास
१९ सम्सु निसा
२० फातमा खातुन
२१ शारदा कुर्मी
२२ तैयव मनसुर
२३ निलम पोखरेल
२४ सरिता श्रेष्ठ
२५ गीता नेपाल पान्डे
२६ चन्द्रकला ओली आचार्य
२७ गुन्ज गुरुङ
२८ प्रणेता