फेरि सर्यो कांग्रेस महासमिति बैठक
नेपाली कांग्रेसको पुस १६ गतेका लागि निर्धारित महासमिति बैठक फेरि सरेको छ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक आगामी फागुन ७ देखि १० गते गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए। राष्ट्रिय सभा निर्वाचनका कारण बैठक सार्नुपरेको महतले बताए।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महासमिति बैठकको तयारीका विषयमा छलफल भएको थियो। यससँगै जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयबारे छलफल भएको उनले बताए।