जेबीएनएलको धितोपत्र कारोबार सेवा शुरू
ग्लोबल आइएमई ब्यांकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज लिमिटेडले धितोपत्र कारोबार सम्बन्धी सेवा शुरू गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई ब्यांकका अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनीको उद्घाटन गरी टीएमएस मार्फत धितोपत्र खरीद सेवाको शुरू गरेका छन्। अध्यक्ष ढकालले धितोपत्र बजारको विकास र विस्तारसँगै मुलुकको आर्थिक गतिविधिमा समेत यो कम्पनीले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने बताए।
त्यसैगरी, ग्लोबल आइएमई ब्यांकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संस्थागत सुशासन, पूर्वाधार तथा नियमनकारी निकायबाट प्राप्त निर्देशनको पूर्ण परिपालनामा कम्पनी उदाहरणीय हुने बताए।
नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबारका लागि इजाजतप्राप्त कम्पनीको कारोबार स्थान काठमाडौं महानगरपालिका-१०, नयाँ बानेश्वर शंखमूलमार्गमा छ। यस कम्पनी नेपाल स्टक एक्सचेन्जको धितोपत्र दलाल सदस्य नं ८९ हो।