ग्लोबल आइएमई ब्यांकका एकैसाथ चार शाखा सञ्चालन
ग्लोबल आइएमई ब्यांक लिमिटेडले एकैसाथ चार वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-५, बूढानीलकण्ठ, चन्द्रागिरि नगरपालिका-१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका-८, शरदपुरमा र तनहुँको आँबुखैरेनी गाउँपालिका-३, आँबुखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
नयाँ शाखाबाट मंसीर २४ गतेदेखि नै सम्पूर्ण ब्यांंकिङ सेवा उपलब्ध गराइएको ब्यांकले जनाएको छ। मुलुकका ७७ वटै जिल्लामा यस ब्यांंकका शाखा सञ्चालनमा छन्।
अहिलेसम्म ३५५ शाखा, ३७६ एटीएम, २७४ शाखारहित ब्यांंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार १०० भन्दा बढी सेवाकेन्द्रबाट ४६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिंदै आएको ब्यांकले जनाएको छ।