दिवंगत पितृलाई दीपदान
आइतबार साँझ बालाचतुर्दशीको पूर्वसन्ध्यामा भक्तजनले दिवंगत पितृका नाममा दीपदान गरेका छन्।
सोमबार भने पशुपतिनाथमा शतबीज छर्दै भक्तजनले दिवंगत आफन्तलाई सम्झिएका छन्।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवंगत पितृका नाममा दीपदान र चतुर्दशीको बिहान शतबीज छर्ने हिन्दू परम्परा छ। त्रयोदशीका दिन भक्तजन शिवालय वरपर बसी दिवंगत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोकझाँकी प्रस्तुत गरी जाग्राम बस्छन्।