एनसेल प्रकरण छानबिन गर्न टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय समिति गठन
सरकारले एनसेलको शेयर खरीदबिक्री प्रकरण अध्ययन गर्न पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गठन गरेको समितिमा सचिव फणीन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, हृदयेशकुमार शाक्य र आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
मन्त्री शर्माका अनुसार समितिलाई ३० दिनको कार्यावधि दिइएको छ।