टिकटक प्रतिबन्ध विरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’
नेपाल सरकारले टिकटकमा लगाएको प्रतिबन्ध विरुद्धका रिटहरू ‘हेर्न नभ्याइने’ मा परेका छन्।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको इजलासमा परेको मुद्दा हेर्न नभ्याइने भएको हो। गत कात्तिक २७ गते सरकारले नेपालमा टिकटक चल्न नदिने निर्णय गरेपछि उक्त निर्णय खारेजीको माग राखेर सरोकारवालाहरू सर्वोच्च अदालत पुगेका थिए।
सर्वोच्चले गत मंसीर ५ गते कारण देखाउ आदेश जारी गरेको थियो।
सरकारी निर्णयको विरोधमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू सुनीलरञ्जन सिंह, अनन्तराज लुइँटेल, फर्सुराम पाण्डे, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, स्वागत नेपाल, अञ्जन धिताल, रामकृष्ण बन्जारा, यज्ञमणि न्यौपाने लगायतले छुट्टाछुट्टै रिट दर्ता गरेका छन्।