महिला क्रिकेट उकास्न पुरुष टोलीलाई जत्तिकै हौसला दिइनुपर्छ : इन्दु बर्मा
‘कतिसँग व्यक्तिगत तालीम लिने हैसियतसम्म हुँदैन। क्रिकेट मात्र खेलेर आउने पैसाले टिक्नै गाह्रो छ। तत्काललाई मासिक तलब १० प्रतिशत नै बढे पनि ठूलो कुरा हुन्थ्यो।’
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी नवनियुक्त कप्तान हुन् इन्दु बर्मा। हङकङमा चार देश सम्मिलित टी-२० शृंखला खेलेर बर्मा दुई साताअघि मात्र स्वदेश फर्किइन्। शृंखलामा नेपाल तेस्रो भयो। अन्तर्राष्ट्रिय सहभागिताको अवसर कमै पाउने महिला क्रिकेट खेलाडीले देशभित्र पनि फाट्टफुट्ट मात्र खेल्न पाउँछन्। अन्य खेल गतिविधि पनि कमै भइरहँदा महिला टोली उति प्राथमिकतामै परेको देखिन्न। त्यसैले खेलाडीहरू महिला क्रिकेटको अस्तित्व खोज्नुपर्ने अवस्था निम्तिएको बताउन थालेका छन्। अहिले घरेलु प्रतियोगिता बागमती प्रदेश प्रधानमन्त्री कप क्रिकेटमा व्यस्त रहेकी बर्मासँग नेपालमा महिला क्रिकेटको अवसर, अवस्था र चुनौतीबारे गरिएको कुराकानी :
अन्तर्वार्ता : अनिता भेटवाल
क्यामेरा : गोपेन राई
अडियो : सोमित अधिकारी
सम्पादन : तुषार तण्डुकार
विस्तृत पढ्न : https://www.himalkhabar.com/news/139107