टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश
नक्कली भूटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई धरौटीमा छाड्न उच्च अदालतले आदेश दिएको छ।
शुक्रबार उच्च अदालत पाटनले रिजाललाई थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई बदर गरेको छ। उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रिजाललाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। रिजालसँग १५ लाख धरौटी माग गरिएको छ।
रिजालले जाहेरीवालासँग रकम लिएको नदेखिएको, उमेर पनि ७६ वर्ष भएको तथा शरणार्थी भएकाले नेपाल छोडेर जाने अवस्था पनि नभएकाले थुनामा राख्न आवश्यक नदेखिएको उच्च अदालतको ठहर छ।