हुन्डाईले ल्यायो ‘अनबिटेबल एक्सचेन्ज’
हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अनबिटेबल एक्सचेन्ज’ अफर ल्याएको छ।
कुनै पनि ब्रान्डको गाडी ल्याएर हुन्डाईको गाडीसँग एक्सचेन्ज गर्न सकिने गरी अफर ल्याइएको कम्पनीले जनाएको छ। यो अफर मंसीर १४ गतेबाट शुरू भएको छ।
हुन्डाईले आफ्ना ग्राहकको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राखी यो अफर ल्याएको जनाएको छ। यो योजना देशभर लागू हुनेछ।
यस एक्सचेन्जमा ग्राहकले आफ्नो गाडीको बजारको प्रचलित मूल्यांकनभन्दा न्यूनतम ५० हजार रुपैयाँ थप पाउन सक्नेछन् भने विद्युतीय गाडीको खरीद गर्दा प्रोत्साहनस्वरूप ५० हजार रुपैयाँसम्म ‘गो ग्रीन’ बोनस प्राप्त गर्न सक्नेछन्।
त्यस्तै, विभिन्न मोडलको खरीदमा नगद ६ लाखसम्म आकर्षक छूट पाउन सकिने कम्पनीले जनाएको छ। हुन्डाई शोरूममा गएर आफ्नो गाडीको मूल्यांकन गराई र हुन्डाई गाडीको टेस्ट ड्राइभ गरी आकर्षक उपहार लिन सकिनेछ।