व्यवस्था होइन, अवस्था परिवर्तन आवश्यक: रास्वपा प्रतिवेदन
रास्वपाले व्यवस्था परिवर्तनको बहस नभई सुशासन र विकासको बहस आवश्यक रहेको निष्कर्ष निकालेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अहिलेको व्यवस्थामा रहेर मुलुक र नागरिकको अवस्था परिवर्तन गर्न सकिने उल्लेख छ। व्यवस्था विगतमा जति पटक परिवर्तन भए पनि जनताको जीवनस्तरमा सुधार नआएको रास्वपाको निष्कर्ष छ।
केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा प्रस्तुत गरिएको प्रतिवेदनमा भनिएको छ, ‘गरीब, दुःखी, पीडित नागरिकको कहालीलाग्दो जीवनबारे बहस नगरेर अन्य परिवर्तनतिर धकेलिने हो भने आमजनतालाई परिवर्तनको प्रत्याभूति दिने संकल्प अनिश्चिततातर्फ धकेलिन्छ।’
यद्यपि प्रदेश संरचनामा परिवर्तन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।