स्वतन्त्र पार्टीका सबै सांसद केन्द्रीय सदस्यमा मनोनीत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।
महोत्तरीको जलेश्वरमा बुधबार बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १४ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो। रास्वपाका ६ जना सांसद यसअघि नै केन्द्रीय सदस्य बनेका थिए।
रास्वपाका उपसभापति एवं प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका १४ सदस्यलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरिएको बताए। बैठकमा पार्टीको पदाधिकारी चयन र महाधिवेशनको प्रक्रियाबारे छलफल भएको जनाइएको छ।