तनहुँ बस दुर्घटनामा घाइते दुई यात्रुको मृत्यु
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२, घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ।
धरानबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ७८९५ नम्बरको बस अनियन्त्रित भई सडकबाट तल खसेको थियो। दुर्घटनामा घाइते भएका धनकुटा साँगुरीगढी गाउँपालिका-९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले बताए। हस्तको रत्नहरि अस्पताल र टोपबहादुरको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा ३४ यात्रु घाइते छन्। घाइतेमध्ये धनकुटाको साँगुरीगढी गाउँपालिका-८ का २८ वर्षीय विक्रम राई, ताप्लेजुङ याङ्वरक-६ का २६ वर्षीय सचिन्द्र लिम्बू, धनकुटाको सागुरी गाउँपालिका-७ का ४२ वर्षीय रामप्रसाद राई, २८ वर्षीय बोगिन्द्र राई र ४५ वर्षीय टीकाराज राईको दमौली अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै, धनकुटाको साँगुरीगढी-९ का ३८ वर्षीय सन्तोषकुमार राई, कास्कीको पोखरा महानगरपालिका-३१ का ४१ वर्षीय भोजराज सुनार, धनकुटाको साँगुरीगढी-८ का ४८ वर्षीय जुनारसिंह राई, ४४ वर्षीय तीर्थबहादुर राई, ५० वर्षीय लक्षु राई, बसका सहचालक कास्कीको पोखरा महानगरपालिकाका ३० वर्षीय अजित परियार, सप्तरी महादेव-६ का २५ वर्षीय शम्भु यादव, बस चालक प्यूठानको सरुमहारानी-५ का २३ वर्षीय होमलाल पल्ली मगर, धनकुटाको साँगुरी-७ का ४५ वर्षीय हरिशचन्द्र राईलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ।
धनकुटाको सावरी-७ का ३० वर्षीय हमालप्रसाद राई, २९ वर्षीय सन्दीप राई, ३५ वर्षीय लखमन राई, मोरङको विराटनगर महानगरपालिकाका २६ वर्षीय आशिष शर्मा, धनकुटाको साँगुरीगढी-७ का ४५ वर्षीय सबिन राई, ३६ वर्षीय नरेन्द्र न्यौपाने, २९ वर्षीय विजय राई, ४१ वर्षीय मनिराज राई, सप्तरीको महादेव-६ बस्ने २३ को विजय यादव, १४ वर्षीय सुमन यादव, ४९ वर्षीय आश राई, ४६ वर्षीय तीर्थ राई, ४८ वर्षीय उदेश राई, ४२ वर्षीय सीताराम घाइते, ५२ वर्षीय शत्रुघ्न राई, २१ वर्षीय किरण राई, धनकुटाको चौबिसे-७ का २४ वर्षीय सांसद लिम्बू, ४१ वर्षीय प्रशान्त राई, ४७ वर्षीय जयकुमार राईको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ। सप्तरीको महादेव-६ की १५ वर्षीया प्रीति यादव भने डिस्चार्ज भएको प्रहरीले जनाएको छ।