‘लोकतन्त्रको विकल्प लोकतन्त्रै हो, व्यवस्थामाथि प्रश्न उठेकै छैन’
काठमाडौंमा मंसीर ७ गते भएको प्रदर्शनलाई कतिपयले व्यवस्था विरोधी प्रदर्शनका रूपमा अर्थ्याउन खोजे। सरकारको क्रियाकलापले ‘झिंगा मार्न तोपको प्रयोग’ गरेको देखियो। संविधानसभा सदस्य समेत रहेका पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी भने दुवै प्रदर्शन हेर्दा जनताको असन्तुष्टि अहिले उच्च तहमा पुगिनसकेको बताउँछन्। “यद्यपि सरकारको प्रगतिको ग्राफ पनि बढेको छैन र सरकारका लागि यो चेतावनीको घण्टी अवश्य हो,” अधिकारी भन्छन्।
डेलिभरी दिन चुकेको सरकारले टिकटक प्रतिबन्ध, सामाजिक सञ्जाल सञ्चालन निर्देशिका र निषेधाज्ञा लगाएर जनतामा थप निराशा थपेको उनको विश्लेषण छ। उनी भन्छन्, “सरकारले टिकटक प्रतिबन्ध, सामाजिक सञ्जाल निर्देशिका र निषेधाज्ञाको निर्णय फिर्ता लिनुपर्छ।”
काठमाडौं लगायत देशका विभिन्न भागमा भइरहेका प्रदर्शन, नागरिकको असन्तुष्टि, सामाजिक सञ्जालमा गरिएको कडाइ तथा काठमाडौंमा जारी निषेधाज्ञा लगायत विषयमा वरिष्ठ अधिवक्ता अधिकारीसँग हिमालखबरका लागि सन्त गाहा मगरले गरेको संवाद :
अतिथि : राधेश्याम अधिकारी
अन्तर्वार्ता : सन्त गाहा मगर
क्यामरा : गोपेन राई
अडिओ : सोमित अधिकारी
सम्पादन : तुषार तण्डुकार
विस्तृत पढ्न : https://www.himalkhabar.com/news/139028